ad ad

बागमती


साढे ५ डिग्रीमा उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

वर्षाको सम्भावना छ कि छैन?
साढे ५ डिग्रीमा उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ १८, २०८० बिहिबार ७:२०, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दैनिक बढिरहेको छ। 

यस क्रममा आज बिहान ६:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा उक्लिएको हो।

बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिनेछ, त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ। ‍

मौसम पूर्वानुमान महाशहाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बेलुका आकाशमा बादल लागेकाले उपत्यकाको न्यूनतम तापक्रम बढेको हो।

‘त्यसो त आजबाट फेब्रुअरी पनि लाग्यो, अब तापक्रम बिस्तारै उकालो लाग्ने बेला पनि हो’, उनले भने। 

विन्टर अर्थात् हिउँदको अवधि अब फेब्रुअरी एक महिना मात्र बाँकी रहेको मौसमविद् लामिछानेले जानकारी दिए। 

त्यसपछि प्रिमनसुन लाग्ने उनले बताए।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको उनको भनाइ छ। 

बुधबार उपत्यकाको अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो।

काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना न्यून
आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना देखिए पनि पनि निकै न्यून सम्भावना छ। 

‘दिउँसो बादल आउने र मौसम बदली हुने सम्भावना त छ तर पानी पर्ने सम्भावना अलि कम देखिन्छ’, मौसमविद् लामिछानेले भने, ‘उपत्यकाका कतै कतै छिटपुटसम्म वर्षा होला कि भन्ने अनुमान छ।’

आज दिउँसो घाम राम्रोसँग नलाग्ने भएकाले चिसो भने बढ्ने सम्भावना रहेको उनको भनाइ छ।  

देशभरका लागिआज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .