ad ad

समाज


वृद्धाश्रममा छुवाछूत मुद्दा अन्तिम चरणमा

वृद्धाश्रममा छुवाछूत मुद्दा अन्तिम चरणमा

नेपालखबर
माघ १६, २०८० मंगलबार १५:३१, काठमाडौँ

मोरङको बूढीगंगा गाउँपालिका-१, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यविरुद्ध जिल्ला अदालतमा परेको जातीय छुवाछूतको मुद्दा अन्तिम चरणमा प्रवेश गरेको छ। 

मोरङ जिल्ला अदालतका सूचना अधिकारी ओमराज सुवेदीले दुवै पक्षको बकपत्र सकिएको र मुद्दा पेसी चरणमा प्रवेश गरेको जानकारी दिए। 

‘दुवैतर्फका साक्षीबाट बकपत्र गराउने काम सकिएको छ’, सूचना अधिकारी सुवेदीले मंगलबार नेपालखबरसँग भने, ‘मुद्दा पेसीमा चढिसकेको छ, फाइनल थप केही बुझ्न आवश्यक देखिएन भने मुद्दा फैसलाको चरणमा प्रवेश गर्छ।’

अहिले आफू व्यस्त भएकाले पेसीको मिति भने तत्काल हेर्न सम्भव नभएको उनले बताए। 

मोरङकै उर्लाबारी नगरपालिका-३ ठेगाना भएकी ६२ वर्षीया शोभा सुन्दासलाई तल्लो जात भनी आफ्नो वृद्धाश्रमबाट निकालेको आरोपमा सञ्चालक आचार्यलाई गत मंसिर २५ गते प्रहरीले पक्राउ गरेको थियो।

तर जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले गत मंसिर २८ गते दिएको आदेशमा १० हजार धरौटीमा उनी रिहा भइसकेकी छन्। 

उनले सानो जातको भन्दै पीडित सुन्दासलाई मंसिर १४ गते जागृति वृद्धाश्रमबाट निकालेको अभियोग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .