समाज


उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८० मंगलबार १२:३३, काठमाडौँ

गत पुस १८ गते उच्च अदालतमा नियुक्त भएका एकजना न्यायाधीशको इजलासमा बस्नै नपाई निधन भएको छ।

उच्च अदालत पाटनमा नियुक्त भएका न्यायाधीश मातृकप्रसाद मरासिनीको मंगलबार बिहान निधन भएको हो।

स्वास्थ्य समस्या देखिएपछि उनलाई कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको थियो।

कीर्तिपुरस्थित निवासमै उनलाई हृदयाघात भएपछि बिहान साढे ८ बजे नेशनल अस्पतालमा भर्ना गरिएको थियो।

तर नेशनल अस्पतालका चिकित्सकले उनलाई बिहान १० बजेतिर मृत घोषणा गरेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए।

पुस १८ मा उच्च अदालतमा नियुक्त भएका न्यायाधीश मरासिनीको पुस २४ गते उच्च अदालत पाटनमा पदस्थापन भएको थियो।

उनीसहित पदस्थापन भएका न्यायाधीशहरूलाई न्यायपरिषद्ले यसबीचमा ओरियन्टेसन कक्षमा राखेको थियो।

ओरियन्टेसन कक्षा सकिएपछि मरासिनी सोमबार मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए।

तर, उनका लागि अदालतमा हाजिर भएको दोस्रो दिन अर्थात आज (मंगलबार) गोलाप्रथाद्वारा इजलास तोकिँदै थियो।

गोलाप्रथाद्वारा इजलास तोक्ने क्रममा मरासिनी अनुपस्थित रहेपछि उच्च अदालत पाटनले उनको खोजी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad