ad ad

कारोबार


नेपालमा कोका-कोलाको ५० वर्ष : १ हजारलाई प्रत्यक्ष रोजगारी, १ लाख बढी रिटेलर आउटलेट

कोका–कोला फिफ्टी इयर्स क्विज टाइम प्रतियोगिता, कसरी सहभागी हुने?
नेपालमा कोका-कोलाको ५० वर्ष : १ हजारलाई प्रत्यक्ष रोजगारी, १ लाख बढी रिटेलर आउटलेट

नेपालखबर
माघ १६, २०८० मंगलबार १२:५६, काठमाडौँ

कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ। 

कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो।

कम्पनी सन् १९७३ मा नेपालमा प्रवेश गरेको थियो। काठमाडौँ र चितवन गरी कोका–कोलाको नेपालमा दुईवटा उत्पादन कारखाना रहेका छन्। देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले १ हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने ५ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन एन सिंहले भने, “लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती थियो। 

हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ। कोका–कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने भएको कम्पनीको भनाइ छ। 

‘कोका–कोलालाई माया गर्नुहुने सम्पूर्ण नेपाली ग्राहकवर्गहरु, कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई हामी कोका–कोला कम्पनीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ’, कम्पनीले भनेको छ। 

आफ्नो ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोका–कोलाले “कोका–कोला फिफ्टी इयर्स क्विज टाइम” नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्दै छ जहाँ ग्राहकहरूले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्रमार्फत आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीका अनुसार आफ्नो स्मार्टफोनमा खल्ती एप खोलेर यस क्विजमा सहभागी हुन सकिनेछ। 

कोका–कोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले भनिन्, ‘हाम्रा लोकप्रिय ब्रान्डहरूप्रति नेपालीहरूले देखाउनुभएको मायाले हामी अत्यन्तै प्रभावित भएका छौँ। कोका–कोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको छ र हामी यस कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिनुभएका कर्मचारी एवम समुदायको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतालाई जारी राख्नेछौँ।’

युनाइटेड ब्रुअरिज लिमिटेडमा विभिन्न भूमिकाहरूमा १५ वर्षभन्दा बढी समय बिताएकी चन्द्रिका कालिया हालै कोका–कोलामा आबद्ध भएकी हुन्। यस भूमिकामा उनले बोटलिङ र बिजनेस पार्टनरहरूलगायत ग्राहकहरू र नेपालका अन्य सरोकारवालाहरुसँग नजिकै रहेर काम गर्ने कम्पनीले जनाएको छ।

कोका–कोलाले नेपालको सामाजिक तथा आर्थिक वृद्धिमा समेत सकरात्मक प्रभाव पारेको छ। २०१५ को भूकम्पको समयमा ‘फेरि उठ्नेछ नेपाल’ तथा कोभिड–१९ महामारीको बीच ‘स्टप द स्प्रेड’ जस्ता प्रभावकारी एवम् सफल अभियानहरु सञ्चालन गरेको थियो। 

कोका–कोला बेभरेजेज नेपाल लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर दीपक नाथ सेन्थिलले भने, ‘नेपालमा कोका–कोलाको ५०औँ वर्ष मनाउँदै गर्दा हामीलाई सबैभन्दा ठूलो एफएमसीजी ब्रान्ड बनाउनुका साथै कोका–कोलालाई नेपालीहरुको लोकप्रिय खाजा मोमोको साथी बनाउनुभएकोमा हाम्रा ग्राहकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।’ 

नेपालमा पेय पदार्थहरु मात्र बिक्री नगरेर रोजगारी सिर्जना गर्दै समुदाय एवम् राष्ट्रकै बृहत आर्थिक सेवाप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ।

‘हामीलाई यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने हाम्रा बिजनेस पार्टनरहरू, डिस्ट्रिब्युटरहरू, रिटेलरहरू, ग्राहकहरू लगायत हाम्रा कर्मचारीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ’, उनले भने। 

महिलाहरूलाई उद्यमशीलता सम्बन्धी शिक्षा र तालिम दिने ‘सक्षम’ कार्यक्रममार्फत् कोका–कोलाले नेपाली समुदायसँगको संलग्नतालाई थप विस्तार गरेको छ। 

कोका–कोला र एटेलियर प्लेटफर्म प्रा.लि.को सहकार्यमा सक्षमले पछिल्लो २ वर्षमा नेपालभर २,००० भन्दा बढी महिलालाई सशक्तिकरण गरिसकेको छ। यस कार्यक्रममा सहभागी महिलाहरूलाई आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्नुका साथै आर्थिक स्वतन्त्रता प्राप्त गर्न र समुदायको सकारात्मक परिवर्तनमा योगदान दिन सक्षम हुन सहयोग गरेको छ। 

साथै कोका–कोलाले ग्लोकल प्रालिसँगको साझेदारीमा ‘युथ डाइलग’ कार्यक्रम अन्तर्गत नेपालभरका थुप्रै कलेज र विश्वविद्यालयहरूसँग युवाको समग्र विकास तथा सशक्तिकरणमा पहल गरेकोे छ ।

कोका–कोलाले प्रत्येक वर्ष नेपालीहरुको महान चाड दशैँ, तिहार एवम् छठको अवसर पारेर ग्राहकहरूलाई विभिन्न उपहार योजनाहरू सार्वजनिक गर्ने गरेको छ। 

हालैको दशैंको अवसरमा सार्वजनिक गरिएको “सम्बन्ध उत्सव” तीनै क्याम्पेनहरु मध्य एक हो जसले नेपालीहरुलाई आफ्नो सम्बन्ध अझ बलियो बनाउन र अनेकतामा पनि एकताको आनन्द लिन प्रोत्साहित गरेको थियो।

कोका–कोला फाउन्डेसनले वर्षौंदेखि वाटर एड, डब्लु डब्लू एफ, माइती नेपाल, डब्लु एच आर, क्रिएजन, रोटरी क्लब अफ नागार्जुन, सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसन, वुमन फर ह्युमन राइट्स र केयर लगायत नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। 

साथै जाजरकोटमा हालै गएको भूकम्पबाट प्रभावित समुदायलाई पनि कोका–कोला फाउन्डेसनले सहयोग गरेको छ।  

कोका–कोलाले नेपाली हिम–श्रृंखलाहरुको सरसफाई एवम् संरक्षणमा पनि अटल भूमिका खेलेको छ। विगत ३ वर्षदेखि कोका–कोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको छ।

नेपालमा कोका–कोला कम्पनीको कोका–कोला लगायत फ्यान्टा, स्प्राइट, किन्ले, र चार्जड् जस्ता पेय पदार्थहरु उपलब्ध रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .