सुनसरीको धरान निवासी पूर्व ब्रिटिश गोर्खा सैनिक सुवास राईलाई बेलायतका राज चार्ल्स तृतीयले सम्मान गर्ने भएका छन्।
राईलाई बेलातयी राजा चार्ल्स तृतीयले मेम्बर अफ द अर्डर अफ द बृटिश एम्पायर (एमबीई) पदबीबाट सम्मान गर्ने भएका हुन्।
लामो समय ब्रिटिश गोर्खा सैनिकमा काम गरेर अवकास पाएका राई हाल सामाजिक र राजनतिकत क्षेत्रमा सक्रिय छन्।
चार्ल्स तृतीयले राईलाई घोषणा गरेको उक्त सम्मान बेलायतका राजाले प्रदान गर्ने देशकै तेस्रो ठूलो सम्मान हो।
ब्रिटिश गोर्खा सैनिकमा रहँदा र अवकास पाएपछि पनि उनले बेलायत सरकार र सेनालाई निरन्तर सहयोग गरेर सामाजिक क्षेत्रमासमेत सक्रिय भूमिका निर्वाह गरेकाले उक्त सम्मान प्रदान गर्ने घोषणा गरिएको हो।
बेलायतका राजाले आगामी जुलाईमा राईलाई उक्त पदवीले सम्मान गर्ने छन्। राईले बेलायतका राजाबाट सम्मानित हुन पाउँदा गौरववान्वित भएको बताएका छन्।
राई ब्रिटिश गोर्खाबाट अवकाश पाएपछि हाल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनी हाल कांग्रेस महासमिति सदस्यका रुपमा सक्रिय छन्।
Shares
प्रतिक्रिया