ad ad

समाज


प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न : अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ?

प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न : अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ?

फाइल फोटो


नेपालखबर
माघ १२, २०८० शुक्रबार १६:४३, काठमाडौँ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन्।

कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उनको भनाई थियो। नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिर समेत गरे।

उनले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे। त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरे।

न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए। प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए।

उनले अदालतभित्र कर्मचारीका विभिन्न ट्रेड युनियन गठन भएकोमा भने असन्तुष्टि जाहेर गरे।
उनले भने, ‘मेरो सुरुवात ट्रेड युनियनबाट भएको होइन। मलाई थाहा छैन। मलाई हामी सबै एउटा कर्मचारी जस्तो लाग्थ्यो क्या। तर पछि पछि मैले के बुझेँ भने यो केन्द्रिय ट्रेड युनियन, यता ट्रेड युनियन, कता ट्रेड युनियन छुट्टाछुट्टै विभागीय ट्रेड युनियन। अब प्रधानन्यायाधीशले कति ठाउँको ट्रेड युनियनमा जाने ? त्यो अलि उपयुक्त होइन कि भन्ने मेरो बुझाई।’

प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .