वैदेशिक रोजगारीका लागि क्रोयशिया पठाइदिने भन्दै थगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं–२३ बसन्तपुर बस्ने वर्ष ३५ को विशाल श्रेष्ठ रहेका छन्।
विशालले एलिना पख्रिनलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु, त्यसको लागि ७ लाख ५० हजार रुपैयाँ लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक ७० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।
पीडितबाट पटक पटक गरी १ लाख ४ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएको उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बागबजारबाट पक्राउ गरेको हो।
उनीमाथि गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
84
Shares
प्रतिक्रिया