ad ad

समाज


क्याम्पस अगाडिको फोहर उठाउन माग गर्दै विद्यार्थीको प्रदर्शन

क्याम्पस अगाडिको फोहर उठाउन माग गर्दै विद्यार्थीको प्रदर्शन

नेपालखबर
असार १५, २०७६ आइतबार ११:४२,

काठमाडौंको प्रर्दशनीमार्ग स्थित बाल्मीकि विद्यापीठ कलेज प्रशासन र अध्ययनरत विद्यार्थीले कलेज अगाडि थुपारिएको फोहर उठाउन माग गर्दै प्रर्दशन गरेका छन्।

काठमाडौं महानगरपालिकालाई फोहर उठाउनका लागि पटक पटक गरेको आग्रह सुनुवाई नभएपछि विद्यार्थी महानगरको विरोधमा उत्रिएका हुन्।

आइतबार विद्यार्थी तथा कलेज प्रशासनले शहर सफा राख्न, कलेजको अगाडिको फोहर हटाउन माग गर्दै कलेज अगाडि विरोध गरेका हुन्। कलेजको गेटमा नै थुपारिएको फोहरले र्दुगन्ध फैलिँदा पठन पाठन नै प्रभावित भएकाले आफुूहरु बाध्य भएर विरोध प्रर्दशनमा उत्रनु परेको क्याम्पस प्रमुख गणेश प्रसाद घिमिरेले बताए। फोहर उठाउनका लागि महानगरसँग कयौँ पटक अनुरोध गरेपनि सुनुवाई नभएको गुनासो गरे।

महानगरले प्रर्दशनी मार्ग वरपरको संकलित फोहर बाल्मीकि क्याम्पस अगाडि संकलन गरेर पुनः उठाउने गर्दछ। सो स्थानमा थुपारिएको फोहरलाई बिहान ८ बजे अगावै उठाउन माग गर्दै आएपनि महानगरले सनुवाई नगरेको कलेज प्रशासन र स्थानीयबासीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .