समाज


न्युरोडमा पार्किङ निषेध : महानगरको ‘एक्सन’मा व्यवसायीको विरोध (तस्बिरहरू)

न्युरोडमा पार्किङ निषेध : महानगरको ‘एक्सन’मा व्यवसायीको विरोध (तस्बिरहरू)

सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन्। तस्बिर: सरोज नेपाल


सरोज नेपाल
माघ ९, २०८० मंगलबार १३:८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यवसायीले विरोध गरेका छन्। 

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन्। 

सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका हुन्। 

नयाँ सडक जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ। 

तस्बिरहरू 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .