रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई विशेष अदालतले सफाइ दिएको छ।
घुस रकम र चेकसहित पक्राउ परेका दुवैजनालाई विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवैजनालाई भवन निर्माण भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा उपभोक्ता समितिबाट ५ लाख घुस लिइसकेको अवस्थामा २०७८ फागुन १५ गते पक्राउ गरेको थियो।
नगरप्रमुख पटेलले घुसस्वरुप उपभोक्ता समितिबाट २ लाख ५० हजार रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेका बेला रंगेहात पक्राउ गरेको थियो।
रंगेहात समातिएका दुवैजनाविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिने निर्णय गरेको हो।
Shares
प्रतिक्रिया