समाज


नेपाल मेडिकल कलेजका विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित

आयोगको निर्देशनविपरीत शुल्क उठाएपछि विरोध
नेपाल मेडिकल कलेजका विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ५, २०८० शुक्रबार १४:५९, काठमाडौँ

क्यान्टिनको खाना गुणस्तरीय नभएको प्रश्न उठाउँदा फेल गरिदिने धम्की दिएपछि नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अध्ययरत विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित छन्। 

एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विदार्थीहरूले होस्टेलमा रहँदा क्यान्टिनको खाना गुणस्तरीय नरहेको कुरााई बेवास्ता गरिएपछि आन्दोलित भएका हुन्। 

पहिलो र दोस्रो वर्षका विद्यार्थीहरूलाई होस्टेल अनिवार्य गरिएको छ। यस्तोमा क्यान्टिनको खाना गुणस्तरीय नभएको गुनासो गर्दा पनि त्यही खानुपर्ने अवस्था सिर्जना गरिएपछि विद्यार्थीले आन्दोलन गरेका हुन्। 

होस्टेल र क्यान्टिनको खानाका लागि कलेज प्रशासनले पहिले नै १ लाख ५० हजार रूपैयाँ लिएको विद्यार्थीहरूले बताएका छन्। 

चिकित्सा शिक्षा आयोगले दुई वर्षअघि नै उक्त रकम अनिवार्य नगर्न निर्देशन दिइसकेको छ। आयोगले पत्र नै काटेर उक्त निर्देशन दिए पनि मेडिकल कलेजले नियमविपरीत रकम लिएको गुनासो विद्यार्थीहरूले गरेका छन्। 

कलेजले नियमविपरीतको शुल्क अनिवार्य गराएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई फेल गराइदिने धम्की आएको गुनासो उनीहरूको छ।

कलेज प्रशासनले विद्यार्थीहरूलाई त्रसित बनाएपछि नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको टोली पुगेको थियो।

अनेरास्ववियूको केन्द्रीय कार्यालय सदस्य अशोक थापाका अनुसार विद्यार्थीहरूलाई दिइरहेको धम्की बन्द गरी उनीहरूका माग सम्बोधनका लागि दबाब दिइएको छ। 

आफूहरूले आन्दोलनमा पनि सहभागिता जनाएर विद्यार्थीकाका जायज माग तुरुन्त पुरा गर्न कलेज प्रशासनलाई ध्यानाकर्षण गराएको थापाले बताए। विद्यार्थीका मागको बेवास्ता गरे अनेरास्ववियूले पनि आन्दोलन चर्काउने चेतवानी थापाले दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad