समाज


शैक्षिक प्रमाणपत्र लिन त्रिविमा लाइन लाग्नु नपर्ने, अनलाइनबाटै आवेदन दिन सकिने

शैक्षिक प्रमाणपत्र लिन त्रिविमा लाइन लाग्नु नपर्ने, अनलाइनबाटै आवेदन दिन सकिने

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८० मंगलबार १८:४९, काठमाडौँ

आफ्नो शैक्षिक प्रमाण लिनका लागि अब विद्यार्थीहरूले बल्खुस्थित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा लाइन लाग्नु नपर्ने भएको छ। 

अबदेखि विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र लिन अनलाइनबाट आवेदन दिन सक्ने भएका छन्।

आवेदन दिएको एक साताभित्र उनीहरूको शैक्षिक प्रमाणपत्र विद्यार्थीलाई कलेजमै उपलब्ध गराउने प्रणाली बनाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। 

‘अब शैक्षिक प्रमाणपत्र लिन बल्खु कार्यालय आइरहनु पर्दैन। लाइन बस्नुपर्ने बाध्यता पनि हट्छ,’ जोशीले भने, ‘शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने प्रणाली बनाएका छौँ।’ 

त्रिविले माघ १५ देखि अनलाइनबाटै दस्तुर र आवेदन पनि अनलाइनबाट नै लिने गरी मिलाउन लागेको हो। 

केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयले दिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनको काम अनलाइनबाट हुने  निर्णय लिएको हो। 

यो सेवा माघ १५ देखिन सुरु हुने पनिकाले जनाएको छ। यो सुविधाबारे माघ १० गते त्रिविको वेबसाइटमा हेर्न विस्तृत विवरण हेर्न सकिने पनिकाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad