समाज


चिनियाँ नयाँ वर्ष मनाउन पुगे झलनाथदेखि प्रचण्डसम्म (तस्बिरहरू)

चिनियाँ नयाँ वर्ष मनाउन पुगे झलनाथदेखि प्रचण्डसम्म (तस्बिरहरू)

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस २९, २०८० आइतबार १८:४२, काठमाडौँ

काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ। आइतबार चिनियाँ दूतावासले विशेष कार्यक्रम गरेर होटल याक एन्ड यतीमा नयाँ वर्षको कार्यक्रम गरेको हो। 

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेपाली नेताहरू पनि सहभागी हुन पुगे।

कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठसहित पुगेका थिए। 

त्यसैगरी सुरक्षा निकायका अधिकारीसहित अन्य सरकारी कर्मचारी पनि नयाँ वर्ष मनाउने कार्यक्रममा सहभागी भए। 

चिनियाँ नयाँ वर्षको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्रीले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .