ad ad

समाज


भरतपुर महानगरकी प्रमुखले दिइन् पूर्वपश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प

भरतपुर महानगरकी प्रमुखले दिइन् पूर्वपश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प

नेपालखबर
पुस २९, २०८० आइतबार ७:७, चितवन

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताएकी छन्।

भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर रेलमार्गको उपयुक्त विकल्प हुन सक्ने बताइन्।

मन्त्री ज्वालालाई प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुराउनुपर्नेमा जोड दिइन्।

‘रेल मार्गका लागि विकल्पहिन कुरा गर्न मिल्दैन,’ दाहालले भनिन्,‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ। हामी रेलवे लाईन पनि चाहियो, भरतपुरमा रेलवे लाईन नहुँदा भरतपुर विकासबाट पछि पर्नेछ।’

प्रमुख दाहालले अहिलेको विषयलाई पुनअवलोकन हुनुप¥यो भनि छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको बताइन्। 

केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीय आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताए। केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले जानकारी दिए। 

जनतासँगको छलफलको निष्र्कषपछि मात्रै आयोजनाको काम अगाडि बढ्ने भएकाले तत्काल काम नहुने उनको भनाई थियो।

छलफलका क्रममा चितवनका राजनैतिक दलका प्रमुखहरुले बिना कुनै छलफल रेलमार्गको कार्य अगाडि बढाउन नहुनेमा जोड दिए। उनीहरुले विकासको नाममा हुने विनाशले कुनै अर्थ नराख्ने बताए।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले जनतालाई सुकुम्बासी बनाउने गरी निर्माण हुने आयोजनामा सहमत हुन नसक्ने उल्लेख गरे। 

स्थानीयहरुको सुझाव संकलन एवम् छलफलका लागि महानगरपालिका प्रमुख दाहालको पहलमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशव कुमार शर्मा र रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको छलफल आयोजना गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .