ad ad

समाज


नेपालमा फेरि सुरु भयो पश्चिमी वायुको आंशिक प्रभाव, पानी पर्छ कि पर्दैन?

नेपालमा फेरि सुरु भयो पश्चिमी वायुको आंशिक प्रभाव, पानी पर्छ कि पर्दैन?

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८० आइतबार ६:२६, काठमाडौँ

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ। विगत केही दिन हटेको पश्चिमी वायुको आशिक प्रभाव आजबाट सुरु भएको हो। 

यतिबेला (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराई मधेशका अधिकांश भूभागलाई आज पनि बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना छ,’ महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। हुस्सु, शीतलहर र हिमपातबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन सबैमा अनुरोध छ।’

महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

सोमबार (भोलि) पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .