ad ad

समाज


जापानी राजदूतले लेलेमा साकुराको बिरुवा रोपे

जापानी राजदूतले लेलेमा साकुराको बिरुवा रोपे

नेपालखबर
पुस २९, २०८० आइतबार ६:४०, काठमाडौँ

नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल–जापानबीच विशेष सम्बन्ध कायम रहेको र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। 

जानले आफ्नो स्वर्ण जयन्तीका अवसरमा गोदावरीको लेलेमा आयोजना गरेको साकुरा (जापानी चेरी) को बिरुवा रोप्ने कार्यक्रममा राजदूत किकुताले सो कुरा बताएका हुन्।  जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका नेपालले जापानी स्वयंसेवक उपलब्ध गराइ नेपालको सामुदायिक विकासमा सहयोग पुर्‍याइरहेको उल्लेख गर्दै जापानी स्वयंसेवकलेसमेत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र जापानिज प्रविधि नेपाल भित्र्याउन ठूलो भूमिका खेलेको बताए। 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जापानले गोदावरी नगरपालिकालाई गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिन जापानी राजदूतावास, जाइका नेपाल र जानलाई अनुरोध गरे। 

गोदावरी नगरपालिका–५ का वडाध्यक्ष मिलन सिलवालले जानले लामो समयदेखि लेलेमा सहयोग पुर्याइरहेको जनाउँदै रोपिएका साकुरा बिरुवाको पूर्णरूपमा संरक्षण गर्ने विश्वास दिलाए।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले गोदावरीको लेले क्षेत्रमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममार्फत समुदायका व्यक्तिहरूको आयआर्जन र क्षमतामा अभिवृद्धि गरी जीवनस्तर उकास्ने कार्य गर्दै आएको बताउनुभयो । गोदावरी नगरपालिका–५ ले साकुरा बगैँचा निर्माणका लागि जग्गा उपलव्ध गराइ आवश्यक पूर्वाधार निर्माणमा समेत सहयोग पुर्‍याएकाले धन्यवाद ज्ञापन गर्दै उनले साकुरा बगैँचाले नेपाल–जापान सम्बन्ध मजबुत बनाउन थप सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। 

स्वर्ण जयन्तीका अवसरमा जानले विभिन्न कार्यक्रम गर्ने सिलसिलामा लेलेमा ४० वटा साकुराका बिरुवा रोपी साकुरा बगैँचा निर्माण गरिएको छ। केही महिना अगाडि राष्ट्रपति भवन शीतलनिवासमा ३२ बोट साकुराका बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .