नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम साता विधान अधिवेशन गर्ने भएको छ।
सोसाईटीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। नेपालको संविधान, अन्तर्राट्रिय आधारभूत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूचि तय गरिएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले बताए।
त्यसका लागि सोसाइटीले मस्यौदा तयारी पारी मातहतका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइसकिएको पनि उनले बताए।
त्यसैगरी रेडक्रसले विभिन्न जिल्लामा रहेका आफ्ना सम्पतीहरूको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आय वृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ। महामन्त्री श्रेष्ठले रेडक्रसको कानून निर्माणको काममा पनि ढिलाई नगर्ने बताए।

प्रतिक्रिया