ad ad

समाज


डा. विशद दाहालको निलम्बन फुकुवा गर्न शिक्षामन्त्रीले निर्देशन दिनु गलत : सुनील शर्मा

डा. विशद दाहालको निलम्बन फुकुवा गर्न शिक्षामन्त्रीले निर्देशन दिनु गलत : सुनील शर्मा

डा.विशद दाहाल


नेपालखबर
पुस २५, २०८० बुधबार १०:३, काठमाडौँ

शिक्षामन्त्री अशोककुमार राईले आवासीय चिकित्सक डा.विशद दाहालमाथि गरेको निलम्बन फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएकोप्रति काठमाडौँ केडिकल कलेज (केएमसी)का सञ्चालक सुनीलकुमार शर्माले आपत्ति जनाएका छन्। 

शिक्षामन्त्री राईले डा.दाहालमाथिको निलम्बन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएर पदको दुरुपयोग गरेको आरोप शर्माले लगाएका छन्। उनले शिक्षामन्त्री राईको निर्देशनविरुद्ध कानुनी उपचारको खोजी गर्ने पनि बताएका छन्। 

मन्त्री राईले काठमाडौँ विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा. दाहालमाथिको निलम्बन फिर्ता गर्न मंगलबार विश्वविद्यालयलाई निर्देशन दिएका थिए।

उनले प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै दाहालमाथिको कारबाही फुकुवा गर्न विश्वविद्यालयलाई निर्देशन दिएका थिए। 

दाहाललाई कलेजको नियमविपीत कार्य गरेकोमा निलम्बन गरिएको दाबी गर्दै शर्माले शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गर्नु पदको दुरुपयोग भएको दाबी गरेका हुन्।

‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो। शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन,’ शर्माले भने, ‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्यो हास्यास्पद विषय हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .