कपिलबस्तुकाे तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आइतबार बिहान आगलागी भएको छ। आगलागीबाट रु नौ लाखभन्दा बढीको क्षति भएको छ।
कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ। रासस

प्रतिक्रिया