न्याय सेवा आयोगले न्याय सेवाका ७ उपसचिवस्तरका अधिकृतलाई सहसचिवस्तर (प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले बैठकले अर्जुनप्रसाद खनाल र राजन नेपाललाई कानुन समूहको सहसचिवमा बढुवा गरेको छ। ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूको बढुवा गरिएको न्याय सेवा आयोगले जनाएको छ।
यस्तै रुद्रप्रसाद पन्थी र उमाकान्त पौडेललाई पनि बढुवा गर्ने निर्णय न्याय सेवा आयोगले गरेको छ।
न्याय समूहका प्रेम खड्का, कानुन समूहका कृष्णकुमार कार्की र सरकारी वकिल समूहका लक्ष्मण उपाध्याय घिमिरे कार्यक्षमता मूल्यांकनका आधारमा प्रथम श्रेणी (सहसचिवस्तर)मा बढुवा भएका छन्।
न्याय सेवाका तीनै समूहका गरी ४५ जना शाखा अधिकृत उपसचिवस्तरमा बढुवा भएका छन्।
Shares
प्रतिक्रिया