काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगन्ज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ छन्।
भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल-बिजकबिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई राजस्व छलीसम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।
33
Shares

प्रतिक्रिया