समाज


भरतपुरको पुनर्स्थापना केन्द्रमा ५८ वर्षीय पुरुषको मृत्यु

भरतपुरको पुनर्स्थापना केन्द्रमा ५८ वर्षीय पुरुषको मृत्यु

नेपालखबर
पुस २४, २०८० मंगलबार ५:४, चितवन

भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको लाइफ केयर पुनर्स्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो।

केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। मृतकको शवको पोस्टमर्टम रिपोर्ट आउन बाँकी छ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको परिवारले यही पुस १७ गते पुनर्स्थापना केन्द्रमा ल्याएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad