कारोबार


अमेरिकी डलर, युरो र पाउन्डको भाउ थोरै घट्यो

अमेरिकी डलर, युरो र पाउन्डको भाउ थोरै घट्यो

नेपालखबर
पुस २४, २०८० मंगलबार ५:३९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

आजको लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ। 

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा तोकिएको छ। हिजो युरो एकको खरिददर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा थियो।

आजको लागि बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ। हिजो बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६९ पैसा तोकिएको छ।

बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६५ पैसा तोकिएको छ।  

हेर्नुहोस् अरु मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad