फिनल्यान्ड सरकारले महिलाले सुत्केरी बिदा जति पाउँछिन् त्यति नै बिदा उनको श्रीमानलाई पनि दिने घोषणा गरेको हो।
फिनल्यान्डमा अब सुत्केरी महिला र उनका श्रीमानले सँगै उति नै बिदा पाउने छन्।
बिदाको तलब काटिने छैन। फिनल्यान्डले लैंगिक समानता र परिवारको भलाईको निम्ती यो निर्णय गरेको जनाएको छ।
बीबीसीका अनुसार महिला सुत्केरी हुँदा महिलालाई जस्तै उनका श्रीमानलाई पनि १६४ दिन नै बिदा दिइनेछ।
यसअघि पुरुषलाई ६६ दिनको विदा दिइने गरिएको थियो।
परिवारसँग सँगै बस्न पाउनु पुरुषको पनि अधिकार भएको फिनल्यान्डको भनाइ छ। पुरुषले उक्त समयमा आफ्नो श्रीमतीको राम्रो हेरचाह गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया