ad ad

समाज


मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक घाइते

नेपालखबर
पुस २०, २०८० शुक्रबार १७:५१, काठमाडौँ

सिन्धुलीमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सुनकोशी गाउँपालिका–१ देविथानस्थित बिपी राजमार्गमा काठमाडौंबाट रामेछापतर्फ आउँदै गरेको बाप्र ०२–०२७ प १०८९ नं को मोटरसाइकल र सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र२–०४–००१ प २५५२ नं. को मोटरसाइकल पुस ११ गते एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो।

जसमा बाप्र०२-०२७ प १०८९ नं.को मोटरसाइकल चालक जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका ६ बस्ने वर्ष २३ को जीवन तामाङको हात खुट्टा र टाउकोमा चोट लागि अवस्था गम्भीर रहेकोमा बांसबारी न्युरो अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका छन्। मृतकको शव पोस्टमार्टमपछि उनका बुबाले बुझी लगेका छन्।

सोही मोटरसाइकल पछाडि सवार वर्ष २३ को दोर्जे तामाङ टाउको, हात खुट्टा र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर अवस्थामा बांसबारी न्युरो अस्पतालमा उपचार भइरहेको र अवस्थामा सुधार रहेको प्रहरीको भनाई छ।

यस्तै, प्र २-०४-००१ प २५५२ नं. को मोटरसाइकल चालक सिन्धुलीको तिनपाटन गाउँपालिका११ घर भई हाल महोत्तरीको बर्दिबास नगरपालिका १ बस्ने अन्दाजी वर्ष ३८ को खुसिराज काफ्लेको धुलिखेल अस्पतालमा आईसीयूमा राखि उपचार भई रहेकोमा उनको पनि ज्यान गएको छ।

काफ्लेको शव पोस्टमार्टमपछि उनका भिनाजुले बुझेर लगेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .