ad ad

समाज


भिमफेदी-कुलेखानी-दक्षिकाली सडक चैत ३० सम्मको लागि बन्द

भिमफेदी-कुलेखानी-दक्षिकाली सडक चैत ३० सम्मको लागि बन्द

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १३:११, मकवानपुर

बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीको भीमफेदी–दक्षिणकाली सडक खण्ड आजदेखि बन्द भएको छ। 

मर्मत सम्भारको लागि यो सडकमा आजदेखि सवारी आवागमन बन्द गरिएको हो।
  
आजबाट सडक स्तरोन्नतिको काम सुरु भएकाले आगामी चैत ३० गतेसम्मको लागि सडक बन्द रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले याे मार्ग हुँदै यात्रा गर्ने यात्रुलाइ वैकल्पिक मार्गको प्रयोग गर्न पनि आग्रह गरेको छ।
   
हाल काठमाडौँसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौँ पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। हेटौँडाबाट नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौँ जान सकिने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .