ad ad

समाज


सभामुखले इजरायली राजदूतलाई भने : विपिनको सकुशल रिहाइका लागि पहल गरिदिनूस्

राजदूतको जवाफ : विपिन पछिल्लो पटक सकुशल देखिएका छन्
सभामुखले इजरायली राजदूतलाई भने : विपिनको सकुशल रिहाइका लागि पहल गरिदिनूस्

तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
पुस १८, २०८० बुधबार १७:४४, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्यालेस्टाइनको विद्रोही संगठन हमासले तीन महिनादेखि बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपील गरेका छन्। 

इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको बताए।

‘नेपालको संसद् र मेरो व्यक्तिगत अपील के छ भने विपिन जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ उनले राजदूतसँग भने।

सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए। 

हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौँ मुक्त गर्दा  विपिनलाई बन्धक बनाइरहेको घिमिरेले बताए।

गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको बताए। 

उनले विपिन व्यक्तिगत रुपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक पठाइरहेको जानकारी दिए।

राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने बताए।

भेटमा दुई मुलुकबीचको सम्बन्ध, कृषि प्रवर्द्धन कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .