ad ad

समाज


भन्सार विभाग घेर्न पुगेका प्रभु साहको पार्टीका सात कार्यकर्ता पक्राउ

भन्सार विभाग घेर्न पुगेका प्रभु साहको पार्टीका सात कार्यकर्ता पक्राउ

नेपालखबर
पुस १८, २०८० बुधबार १५:३०, काठमाडौँ

त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ७ जना नेता-कार्यकर्ता पक्राउ परेका छन्। य

प्रहरीको धरपकडका क्रममा एकजना घाइते भएका छन्। 

भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार घेराउ गर्दै आएको छ। 

बुधबार दिउँसो विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीले धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका बताए।

पक्राउ परेकामध्ये रञ्जु घाइते छिन्। उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। 

भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आजपाले तीन सातायता दोस्रो चरणको आन्दोलन गर्दै आएको छ।

आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले सरकारले मागको सुनुवाइ नगरेको प्रति आक्रोश पोख्दै आएको छ। 

नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए  थप कडा आन्दोलन गर्ने आजपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .