ad ad

बागमती


टायरको विवादमा भिडे ग्यारेज साहु र बस चालक, दुवैको अवस्था गम्भीर

टायरको विवादमा भिडे ग्यारेज साहु र बस चालक, दुवैको अवस्था गम्भीर

नेपालखबर
पुस १८, २०८० बुधबार १५:३५, काठमाडौँ

काभ्रेपलाञ्चोकको बनेपामा एकजना ग्यारेज मालिक र बस चालकबीच टायरको विषयमा विवाद हुँदा कुटाकुट भएको छ।

बनेपा नगरपालिका-११ धनेश्वरमा एकजना ग्यारेज साहु र  प्र३-०१-००६ ख ०६०२ नम्बरका बस चालकबीच टायरको विषयमा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको हो।

टायर मर्मतलाई लिएर भएको कुटाकुटका क्रममा घाइते भएका दुवैजनालाई सुरुमा शिरमेमोरियल अस्पतालमा पठाइएको थियो। एकआपसमा भिडेका दुवैजनाको अवस्था गम्भीर छ। 

कुटाकुटका क्रममा प्र ३-०१-००६ख ०६०२ नम्बरका बस चालक बनेपा-३ बस्ने करिब ३५ वर्षीय सरोज गुरुङको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर भएपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। 

ग्यारेज मालिक मकवानपुरको बागमती गाउँपालिका-९ घर भई बनेपा-११ धनेश्वर बस्ने ३९ वर्षीय आशमान लामाको टाउको र अनुहारमा चोट लागेको छ। 

उनलाई गम्भीर अवस्थामा शिर मेमोरियल अस्पतालमा उपचारपछि रेफर गरेर अहिले धुलिखेल अस्पताल उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .