ad ad

समाज


सर्लाहीबाट ठूलो परिमाणमा लागू औषध र एक लाख नगदसहित २ जना पक्राउ

सर्लाहीबाट ठूलो परिमाणमा लागू औषध र एक लाख नगदसहित २ जना पक्राउ

नेपालखबर
पुस १७, २०८० मंगलबार १०:७, सर्लाही

प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका- ५ बाट ठूलो परिमाणमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार सँझ प्रदेश-२-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट लागू औषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका- ७ का ४० वर्षीय बैजु महरा र हरिवन नगरपालिका- ३ घर भएका ३६ वर्षीय मदनबहादुर घिसिङ छन्। 

भारतबाट लागू औषध लिएर नेपालतर्फ आउँदै गर्दा ब्रम्हपुरी- ५ मा चेकिङमा खटिएको प्रहरीले उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट एक लाख पाँच हजार आठ सय पन्द्र रुपैयाँसमेत बरामद गरिएको डीएसपी पञ्जियारले बताए। 

दुईवटा जुटको बोरामा लागू औषध राखेर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट ५९२ बोतल ओनेक्स, स्पास्मो प्रोक्सिभन ट्याबलेट ९० पत्ता, नैराभेट १० लेखिएको ट्याबलेट ३ हजार पिस बरामद भएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .