ad ad

समाज


चिनियाँ राष्ट्रपतिले भनेः कोरोनाको संक्रमण नियन्त्रण गर्न हामी सक्षम छौं

चिनियाँ राष्ट्रपतिले भनेः कोरोनाको संक्रमण नियन्त्रण गर्न हामी सक्षम छौं

नेपालखबर
माघ २२, २०७६ बुधबार १२:५२,

बुधबार बेइजिङमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई स्वागत गर्ने क्रममा सीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नेमा सबैजना विश्वस्त हुनुपर्ने बताएका हुन्।

गत डिसेम्बरदेखि हुबेईको वुहानबाट फैलन सुरु भएको नोबल कोरोना भाइरस हालसम्म चीनसहित २६ देशमा देखिएको छ।

हुन सेन यसबीचमा चीनमा भ्रमण गर्न जाने पहिलो अन्तर्राष्ट्रिय अतिथि हुन्।

सो क्रममा सीले भने,‘चीन कोरोना नियन्त्रण गर्न सक्षम छ। हामी विश्वस्त छौं चाँडै कोरोना नियन्त्रण हुनेछ।’

बुधबारसम्म नोबल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। चीनमा मात्रै ४९० जनाको मृत्यु भएको छ।

यस्तै फिलिपिन्समा एक र हङकङमा एक व्यक्तिको मृत्यु भएको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमणबाट २४ हजारभन्दा बढी संक्रमति बनेका छन्।

२४ हजार ५ सयमा कोरोना देखिँदा चीनमा मात्र २४ हजार ३ सयभन्दा बढीमा यसको संक्रमण देखिएको छ।

चीनबाहेक कोरोना २५ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस विश्वभर फैलन सुरु भएपछि चीनबाट आफ्ना देशका नागरिकलाई फिर्ता गर्न विभिन्न देशले पहल कदमी सुरुवात गरेका छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .