ad ad

समाज


बालुवाटार जग्गाका ‘मुख्य दलाल’ सुवेदीलाई ५२, ढकाललाई ३९ करोडको मुद्दा*

बालुवाटार जग्गाका ‘मुख्य दलाल’ सुवेदीलाई ५२, ढकाललाई ३९ करोडको मुद्दा*

नेपालखबर
माघ २२, २०७६ बुधबार १२:५६,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेल्ने मुख्य दलाल राम सुवेदीले ५२ करोड र शोभाकान्त ढकालले ३९ करोड भ्रष्टाचार गरेको ठहरसहित विषेश अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले बालुवाटार जग्गा अनियमितता प्रकरणका ‘मुख्य दलाल’ शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजार बिगो भराउन माग गरेको छ।

आयोगले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गर्दै सुवेदी र ढकालमाथि सबैभन्दा धेरै बिगो दाबी गरेको हो।

जग्गा व्यक्तिका नाममा पुर्याउने भूमिकामा निर्णय गर्ने पूर्वमन्त्री र सचिवहरूमाथि भने दश करोडभन्दा कम भ्राटाचार गरेको आरोप अख्तियारले लगाएको छ।

आयोगले काठमाण्डौ, बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर आरोपपत्र दायर गरेकाे हाे।

(*असावधानीवश त्रुटी भएकाले यो शीर्षक र रिपोर्टमा केही परिवर्तन गरिएको छ – सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .