समाज


बालकुमारीमा मारिएका शाहका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने

बालकुमारीमा मारिएका शाहका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने

नेपालखबर
पुस १५, २०८० आइतबार १८:३५, काठमाडौँ

सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका-६ का २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई दुई लाख रुपियाँ दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दु:ख व्यक्त गर्दै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपियाँ राहत दिने बताएका छन्। 

शाहको हत्यामा संलग्नहरूलाई कारबाही मागसहित धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि प्रदर्शन भइरहँदा प्रदेश सरकारको यो घोषणा आएको हो।

प्रदर्शनकारीले शाहको अछाम लानु पर्ने, मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, आफन्तलाई रोजगारी  र आमाबुवालाई पालनपोषणको ग्यारेन्टी माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad