समाज


ग्वार्कोमा ईपीएस परीक्षार्थीको आन्दोलन : प्रहरीसँगको झडपमा दुई युवाले ज्यान गुमाए

ग्वार्कोमा ईपीएस परीक्षार्थीको आन्दोलन : प्रहरीसँगको झडपमा दुई युवाले ज्यान गुमाए

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस १३, २०८० शुक्रबार १५:२९, काठमाडौँ

ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेखका सुजन रावत र अछाम**का वीरेन्द्रबहादुर शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। 

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको उनले बताए।

प्रदर्शनमा उत्रिएका युवाहरूले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरूले गाडीमा आगजनी गरेका थिए।

ग्वार्कोमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो।

झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको हो। 

किस्टमा दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुदन रावतको ज्यान गएको हो। भक्तपुरमा बस्दै आएका उनी आन्दोलनका क्रममा घाइते भएका थिए।

त्यसपछि आन्दोलित युवाहरूले नै उनलाई किस्ट अस्पताल लगेका छन्।

जहाँ चिकित्सकहरूले उनलाई गोली नलागेको बताए। उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो। 

त्यसैगरी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पाटन अस्पतालमा ज्यान गएको छ।

 

आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा अछाम**को चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्रबहादुर शाहलाई गोली लागेर मृत्यु भएको हो।

गोली लागेपछि गम्भीर घाइते उनलाई उपचारका लागि पाटन अस्पताल पुर‍्याइएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन्। 

प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये अछामका २९ वर्षीय युवक वीरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। 

सच्याइएको** : यसै समाचारमा मृत्यु भएका एकजना युवक वीरेन्द्रबहादुर शाह अछामका हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad