भोजपुरमा ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको छ।
जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका जोड्ने गरी निर्माणको अन्तिम चरणमा पुगेको पुल भत्किएको हो।
स्थानीयबासीले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरी रहेको अनुमान गरेका छन्। गाडी गुड्ने आशमा रहेका स्थानीय पुल नै भत्किएपछि निराश भएका छन्।
यसअघि भोजपुरकै दक्षिणी कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मंसिरमा भत्किएको थियो।
हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने स्थानमा स्विस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो। उक्त पुल अहिलेसम्म निर्माण हुन सकेको छैन।
उक्त पुलको आयु ८० वर्ष र भूकम्पप्रतिरोधी हुने प्राविधकले बताएका थिए। तर निर्माणकै क्रममा भत्किएको थियो।
Shares

प्रतिक्रिया