ad ad

खेल


एनएसएल : दोस्रो क्वालिफायर खेलमा आज पोखरा र ललितपुर भिड्दै

एनएसएल : दोस्रो क्वालिफायर खेलमा आज पोखरा र ललितपुर भिड्दै

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार ६:२६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर खेलमा आज पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसी भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल बिहीबार साँझ साढे ५ बजे सुरु हुनेछ। 

पोखरा पहिलो क्वालिफायर खेलमा धनगढी एफसीसँग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो। 

यता ललितपुरले भने एलिमिनेटर खेलमा साविक विजेता काठमाडौँ रेजर्सलाई ३–० को फराकिलो अन्तरले हराउँदै पोखरासँगको भेट पक्का गरेको हो। 

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी गर्दै अंक बाँडेका थिए। यसअघिको सिजन पनि पोखरा र ललितपुरले बराबरी गर्दै अंक बाँडेका थिए। 

यो खेलको विजेताले उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ। धनगढी अघिल्लो संस्करणको उपविजेता टोली हो। 

एलिमिनेटर खेलमा काठमाडौं बाहिरिएसँगै यो सिजन एनएसएलले नयाँ च्याम्पियन पाउनेछ। 

यो संस्करणको उपाधि विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ। पुरस्कार रकममा अघिल्लो संस्करणको तुलानामा दोब्बरले वृद्धी गरिएको छ। गत सिजन विजेताले ३५ लाख रुपैयाँ पाएका थिए। 

उपविजेता टोलीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .