ad ad

समाज


सरकारले राष्ट्रपतिलाई दियो थप १० लाख रुपैयाँ उपचार खर्च

सरकारले राष्ट्रपतिलाई दियो थप १० लाख रुपैयाँ उपचार खर्च

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १८:२९, काठमाडौँ

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि १० लाख रुपैयाँ निकासा गरेको छ।

अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सहायता विवरणमा राष्ट्रपतिको उपचारका लागि थप १० निकासा गरिएको उल्लेख छ।

अर्थले २०८० साउनदेखि मंसिरसम्मको आर्थिक सहायता विवरण सार्वजनिक गरेको हो। जसमा राष्ट्रपति पौडेलको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ निकासा गरिएको उल्लेख छ। 

अर्थले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार उक्त परिमाणको रकम उपलब्ध गराइएको जनाएको छ।

राष्ट्रपतिको उपचारका लागि उक्त रकम अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निकासा गरेर राष्ट्रपतिको उपचारमा प्रयोग गरिएको जनाइएको छ। 

अघिल्लो वर्ष भारतको दिल्लीमा लामो उपचारका क्रममा लागेको खर्च राष्ट्रपति आफैंले व्यहोर्ने इच्छा देखाएको उनको सचिवालयले जनाएको थियो।

तर, पौडेलको उपचारका लागि सरकारले गत आर्थिक वर्षमै ५५ लाख रूपैयाँ उपलब्ध गराइसकेको छ। 

राष्ट्रपति पौडेल छातीको समस्याको उपचारका लागि गत ६ वैशाखमा एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा गएका थिए। उपचारपछि उनी १७ वैशाखमा स्वदेश फर्किएका थिए।

त्यसअघि उनलाई त्रिवि शिक्षण अस्पतालबाट ‘रिफरल लेटर’ बनाएर एम्स लगिएको थियो।

२०८० असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा ११ दिन बसेर उपचार गराउँदा लागेको ५५ लाख २ हजार २७९ रुपैयाँ शोधभर्ना गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय जनस्वास्थ्य सेवा ऐन २०७५ र राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ मा भएको व्यवस्थाविपरीत भन्दै सर्वोच्च अदालतमा रिट पनि परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .