ad ad

कारोबार


यस्ता छन् नेटा भी का ६ विशेषता

यस्ता छन् नेटा भी का ६ विशेषता

नेपालखबर
पुस ५, २०८० बिहिबार १८:३७, काठमाडौँ

नेपाली बजारमा सीजी मोटर्सले आयात गरी बिक्री वितरण गर्दै आएको विद्युतीय सवारी नेटा भीले आफ्ना ६ वटा विशेषताबारे जानकारी दिएको छ।

सीजी मोटर्सले विज्ञप्तिमार्फत गाडीका विशेषताबारे स्पष्ट पारेको हो।

कम्पनीका अनुसार नेटा भी नेपाल मात्र नभई संसारभरिकै इभी पारखीहरुले मन पराउँदै आएका छन्।

यस्ता छन् नेटा भी का विशेषताहरू
 

१. इभी प्लाटफर्ममा निर्मित
कम्पनीका अनुसार हाल नेपाली बजारमा उपलब्ध धेरैजसो इभीहरु आईसी इन्जीन प्लाटफर्ममा निर्मीत भएकाले इभीमा हुनुपर्ने धेरैजसो गुणहरु इनमा पाइँदैन। यस्ता इभीहरु पहिले पेट्रोल वा डिजल इन्धनका लागि बनाइएको हो अनि पछि यसमा केही सामान्य परिवर्तनहरु गरेर इभीका रुपमा लिएर आइएको हो। इभी प्लाटफर्ममा निर्मीत नभएकाले यस्ता इभीहरुको रेन्ज, ब्याट्रिको जीवन लगायत अन्य परफर्मेन्सहरुमा समस्या हुने गर्छ।
यसको विपरित, नेटा भी इभी प्लाटफर्ममा नै बनेकोले यसले यस सेगमेन्टमा उत्कृष्ट परफर्मेन्स दिइरहेको छ।

२. सेगमेन्टकै उत्कृष्ट रेन्ज
नेटा भीमा प्रयोग हुने सीएटीएल ब्याट्रि इभीमा उत्तम मानिने टेस्लाले समेत प्रयो गर्ने गर्छ। उच्च गुणस्तरको ब्याट्रि तथा अन्य प्राविधिक कारणका साथै नेटा भीको डल्फिनको जस्तो एरो–डाइनामिक बडि डिजाइनको कारणले नेटा भीले एक फुल चार्जमा ३८० किमीको रेन्ज दिन्छ। यो उच्च रेन्जको कारणले गर्दा नेटा भी अजबबिगलभ जबचग ढुक्कसँग राजमार्गहरुमा लामो दुरीका यात्रा गरिरहेका देखिन्छन्। ग्राहकहरुसँग बुझ्दा समेत नेटा भीको रेन्जमा कुनै शंका नरहेको जानकारी पाइएको छ।

३. वारेन्टी
कुनै पनि सवारीसाधनले दिने वारेन्टीले यसका निर्माताहरु आफ्नो गुणस्तरमा कतिसम्म ढुक्क छन भन्ने देखाउँछ। नेटा भीका ग्राहकहरु नेटा भीले दिने वारन्टिका कारणले सँधै ढुक्क रहन्छन् किनभने नेटा भीले सर्वाधिक वारन्टि दिने गरेको छ। नेटा भीले गाडिमा १० वर्षसम्मको वारन्टि दिएको छ भने ब्याट्रि तथा मोटरमा ८ वर्षको वारन्टि दिएको छ। यहि कारणले पनि गाडि किन्न चाहनेहरुको छनोटमा नेटा भी पर्न गएको हो।

४. ६३ प्रतिशत हाइ स्ट्रेन्थ स्टिल बडि
नेटा भीको बडिमा ६३ प्रतिशत हाइ स्ट्रेन्थ स्टिलको प्रयोग भएको हुनाले यो अत्यन्तै बलियो छ। यसले गर्दा साधारण वा सामान्य दुर्घटना भएमा पनि यसको बडिमा खासै क्षति हुँदैन। हाइ टेन्साइल स्टिलको फाइदामा बलियोपना, बढि टिकाउ बढि लचकताका साथै रेन्ज समेत रहेका छन्। यहि सुरक्षाको प्रतिभुतीका कारणले पनि सवारी किन्न चाहनेहरुले नेटा भीलाई छान्ने गर्छन्।

५.एचईपीटी ३.० बीःएस
नेटा भीको अर्को विशेषता हो एचईपीटी ३.० बीःएस (बीएटीटीईआरवाईः एएनएजीएचईएनटी एसवाईएसटीएच)। यो विशेषता नेपालमै पहिलो पटक नेटा भीले लिएर आएको हो्। यो प्रविधीले जाडो याम होस् वा गर्मी याम, ब्याट्रिमा एकनासको तपक्रमको ब्यवस्थापन गर्छ। अन्य विद्युतीय सवारीमा जाडोमा चिसो भएर ब्याट्रि डिस्चार्ज हुने समस्या आउँछ भने गर्मीमा ब्याट्रि तात्ने समस्या आउँछ। नेटा भीमा प्रयोग भएको यो प्रविधीले ब्याट्रिलाई तात्न वा चिसिन नदिई ब्याट्रिको परफर्मेन्स यथावत राखि ब्याट्रिको आयुलाई समेत लम्ब्याउँछ।

६. एचईपीए एन९५ फिल्टर
नेटा भीमा एचईपीए एन९५ फिल्टरको प्रयोग भएको हुनाले भेन्टिलेशन हुँदै बाहिर बाट भित्र आउने हावामा धुलोका कणका साथै भाईरसहरु समेत गाडी भित्र छिर्न सक्दैनन्। यसले गर्दा नेटा भी मा प्रदूषित स्थानहरुमा यात्रा गर्दा समेत यात्रा सुरक्षित र आरामदायी रहन्छ।

कम्पनीका अनुसार माथी दर्शाइएका सम्पूर्ण विशेषताहरूले नेटा भीलाई एक उत्कृष्ट विद्युतीय सवारीसाधनका रुपमा छुट्टै उभ्याउने गर्छ र यही कारणले गर्दा पनि नेटा भी विश्व तथा नेपालका सवारीसाधन धनीहरूको छनोट पर्न सफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .