समाज


दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

नेपालखबर
पुस ४, २०८० बुधबार १७:१, काठमाडौँ

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१६ घर भई हाल काठमाडौंको तारकेश्चर नगरपालिका–५ बस्ने वर्ष ४० को नविन खड्का र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ घर भइ तारकेश्वर–५ बस्ने वर्ष ३३ की चमेली चुहान रहेका छन्।

उनीहरूले जगत बहादुर विष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ६० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख रुपैयाँ मात्र रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्का र चमेलीको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई बालाजुबाट र नविनलाई नयाँबानेश्वरबाट मंगलबार पक्राउ गरेको हो।  

उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad