गैरआवासीय नेपाली संघको कार्यसमितिमा २१ सदस्य मनोनीत गैरआवासीय नेपाली संघ (एनआएन)को अन्तर्राष्ट्रिय समन्वय परिषदमा २१ सदस्य मनोनीत गरिएको छ।
संघको पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले सदस्य र सल्लाहकारको मनोनयन तथा अनुशासन र विधान समितिको गठन गरी विभिन्न संरचनालाई पूर्णता दिइएको हो।
मनोनीत सदस्यहरूमा पूर्णनाथ घिमिरे, रामप्रसाद घिमिरे र हेमन्त काफ्ले (अस्ट्रेलिया), बाबुराम भण्डारी र सरिता ढकाल (जापान), ज्योति शर्मा (इजरायल), डा. सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), चिरन शर्मा, डा. मुकुन्द बाँस्तोला र सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्चुगल), सम्राट थापा (क्यानाडा), रविन वज्राचार्य, मनिता ढुंगाना, ईश्वरी भट्ट, भुवन आचार्य, विनोद भट्ट र डा अन्जु खरेल (अमेरिका) छन्।
यस्तै बैठकले रमेश थापा (क्यानाडा), ओम गुरुङ (जापान), डा. देवी बस्नेत (कोरिया), प्रीतम श्रेष्ठ (हङकङ), रमेश पाण्डे, नारायण काफ्ले, दिनेश जोशी र भैरव ढकाल (अस्ट्रेलिया), गोविन्द गौतम र टेकराज निरौला (रुस), हीराधन राई, सूर्य गुरुङ र चिरञ्जीवी ढकाल (यूके), शिव बरुवाल (बेल्जियम), टीबी कार्की (कतार), कमल गुरागाई, होमनाथ शर्मा (कतार), सञ्जय थापा (अमेरिका), डा. सञ्जीव सापकोटा र यमुना भट्टराई (अमेरिका) लाई मनोनय गरेको छ।
संघको अनुशासन समितिको संयोजकमा संघका पूर्वमहासचिव रतन झा (अमेरिका) मनोनीत भएका छन् भने समितिमा ओम गुरुङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य छन्।
संस्थाको विधान व्याख्या समितिको संयोजकमा भूषण घिमिरे, भवानी ओली र मुकुन्दप्रसाद पौडेल रहेको एक समिति गठन भएको छ ।
बैठकले रिक्त रहेको ओसेनियाको क्षेत्रीय युवा उपसंयोजकमा दीपेन्द्र हमाल र युरोपको क्षेत्रीय युवा उपसंयोजकमा प्रकाश दोङलाई मनोनयन गर्ने निर्णय गरेको संघले विज्ञप्तिमार्फत् जनाएको छ।
बैठक संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भर्चुअल माध्यममा बसेको थियो।
संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक आगामी जनवरी महिनाको २० र २१ तारिख नेपालमा भौतिक उपस्थितिमा गर्ने निर्णय पनि बैठकले गरेको छ।
Shares
प्रतिक्रिया