समाज


अहिलेसम्म निष्ठा छाडिनँ, चोखो भएरै सर्वोच्चबाट बिदा हुन्छु : प्रस्तावित न्यायाधीश पौडेल

अहिलेसम्म निष्ठा छाडिनँ, चोखो भएरै सर्वोच्चबाट बिदा हुन्छु : प्रस्तावित न्यायाधीश पौडेल

नेपालखबर
पुस १, २०८० आइतबार १५:२९, काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशरूबारेमा संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ।

आइतबार पनि प्रस्तावित न्यायाधीशहरूबारे सुनुवाइ चलिरहेको छ। सुनुवाइका क्रममा सांसदहरूले सोधेको जिज्ञासालाई समाधान गर्दै प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले आफू बिदा भएर जाँदा चोखै रहने प्रतिबद्धता गरेका छन्। 

पौडेलले आफू अवकाश भएर जाँदा निष्ठा कायमै राखेर चोखो रहन प्रयास गर्ने बताएका हुन्। 

उनले सुनुवाइका क्रममा आफूले न्याय क्षेत्रमा ३० वर्ष बिताएको बताउँदै अबको ६ वर्षको बाँकी अवधि पनि इमानपूर्वक बिताउने उल्लेख गरे।

पौडेलले भ्रष्टाचारविरुद्ध आफूले कुनै सम्झौता नगर्ने बताए। पौडेलले हिंसाले राज्यको आत्मालाई अपांग बनाउने बताउँदै भ्रष्टाचारले आत्मा नै मारिदिने जिकिर गरे। 

त्यहीकारण अब बँचेको आफ्नो ६ वर्षको समयमा निष्ठा र इमान नगुमाई चोखो भएर बिताउने पनि पौडेलको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad