ad ad

समाज


जनकपुरमा विवाह पञ्चमी महोत्सव, मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरमा विवाह पञ्चमी महोत्सव, मधेश प्रदेशमा आज सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८० आइतबार ७:५७, जनकपुरधाम

सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

जनकपुरमा आज धुमधामसँग सीताराम विवाह पञ्चमी महोत्सव मनाइँदै छ।

विवाह पञ्चमीको अवसरमा मधेश प्रदेशभर सरकारले आज सार्वजनिक बिदा रहेको हो। प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा दिने बिदा २०८० को क्यालेन्डरमै उल्लेख छ।

मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सप्ताहव्यापी रुपमा सीताराम विवाहपञ्चमी मनाउने गरिन्छ। 

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको धार्मिक विश्वास छ। 

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न ठाउँबाट हजारौँ भक्तजन जनकपुर आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .