भक्तपुरको थिमीमा टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएको छ।
मध्यपुर थिमी नगरपालिका- २ स्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा युवकको मृत्यु भएको हो।
दुर्घटनामा काभ्रेको रोशी गाउँपालिका-१० घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मैनालीको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा मृत्यु भएको हो।
ठक्कर दिने टिपर र त्यसका चालक धादिङको थाक्रे गाँउपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक- ८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
Shares
प्रतिक्रिया