ad ad

समाज


भिजिट भिसामा विदेश पठाउने थप दुई जना पक्राउ

भिजिट भिसामा विदेश पठाउने थप दुई जना पक्राउ

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १७:४४, काठमाडौँ

अध्यागमनका कर्मचारीहरूसँग सेटिङ मिलाई भिजिट भिसामा युवायुवतीलाई विदेश पठाउने गिरोहका दुई जना पक्राउ परेका छन्।

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौं वौद्ध बस्ने निमा छिरीङ ट्राभल्सका कर्मचारी ३७ वर्षीय मनोज तामाङ (लामा) र रामेछापको दोरम्भा गाउँपालिका–७ घर भई हाल गोकर्णेश्वर बस्ने निमा छिरीङ ट्राभल्सका सञ्चालक ३३ वर्षीय पदम लामा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

भिजिट भिसामा विदेश ‍जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

भिजिट भिसामा विदेश ‍जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने र विदेश पुगेपछि महिलाहरुलाई घरेलु कामदारको रुपमा लगाइने र शोषण समेत हुने तथा पुरुषहरुले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाइने गरेको पाइएको छ।

यसरी वैदेशिक रोजगारमा भिजिट भिसा प्रयोग गरी गएका युवा युवतीहरुलाई स्वदेशमा फर्काउन समेत कठिनाई हुने गरेको छ।

त्यसरी नक्कली कागजातका आधारमा पठाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई सेटिङ मिलाई मानव तस्करी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

नक्कली कागजातको आधारमा प्रतिब्यक्ति रु ४० हजार देखि ५५ हजारसम्म लिई उडाउन सहजता प्रदान गरेको देखिँदा मंसिर २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै आएकोमा खड्का मार्फत ३०० जना सेटिङ मिलाएर पठाएका निमा छिरिङ ट्राभल्सका संचालक मनोज तामाङ (लामा) र उकै ट्राभल्समा काम गर्ने उनको सालो नाता पर्ने पदम लामा पक्राउ परेका हुन्।

उनीहरुलाई लिखित सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .