समाज


बिरामी परे विद्यालयमा दिवा खाज खाएका पाँच विद्यार्थी

बिरामी परे विद्यालयमा दिवा खाज खाएका पाँच विद्यार्थी

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १२:२२, काठमाडौँ

सिन्धुपाल्चोकको पाचँपोखरी थाङपाल गाउँपालिका-६ स्थित एक विद्यालयमा दिवा खाजा खाँदा पाँचजना विद्यार्थी बिरामी भएका छन्। 

गोल्मेश्वरी आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई दिँदै आएको खाजा सोमबार खाएका विद्यार्थी गम्भीर बिरामी परेका हुन्। 

आलु, गेडागुडी र चिउराको खाजा खाएकामध्ये पाँचजना विद्यार्थी बिरामी परेपछि उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना गरिएको थियो। 

खाजा खाँदा कक्षा २ मा अध्ययनरत ९ वर्षीय मौसम तामाङ, कक्षा ३ मा अध्ययनरत २० वर्षीया रेबिना तामाङ,  कक्षा ३ कै ९ वर्षीया कुसुम तामाङ, कक्षा ४ मा अध्ययनरत १० वर्षीया निर्जला तामाङ  र कक्षा २ मा अध्ययनरत ९ वर्षीया सोनी तामाङ रहेकी बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad