अभियन्ता ईःले ललितपुर महानगरपालिका अगाडि १ सय ८ मिनेट उभिएर विरोध गर्ने भएका छन्। महानगरले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार निषेध गर्ने निर्णय गरेपछि त्यसको विरोधमा महानगरपालिकाको कार्यालय अगाडि उभिएर उनले विरोध गर्न लागेको जानकारी गराएका छन्।
भोलि (मंगगलबार) दिउँसो ३ बजेबाट १ सय ८ मिनेट उभिएर विरोध प्रदर्शन गर्न ालगेको उनले बताएका छन्।
यसअघि काठमाडौंको फुटपाथ व्यवासाय व्यवस्थापनको माग राख्दै उनले १ सय ९९ घन्टा उभिएर विरोध गरेका थिए।
ललितपुरको सपना नमार्न भन्दै उनले साँझ–बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत आग्रह गरेका छन्।
24
Shares
प्रतिक्रिया