सुनसरीमा छुरा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। छुरा प्रहारबाट इटहरी उपमहानगरपालिका–१२ की ५० वर्षीया भुमीकुमारी चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो।
सोही ठाउँका २३ वर्षीय गणेश चौधरीले छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी भुमी कुमारीलाई विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
छुरा प्रहार गर्ने युवक फरार छन्।
150
Shares
प्रतिक्रिया