ad ad

समाज


दिलीप हत्यापछि पनि धनुषामा उस्तै दोहन : मध्यराति प्रहरीद्वारा ४ टिपर र १ जेसीभी नियन्त्रण

दिलीप हत्यापछि पनि धनुषामा उस्तै दोहन : मध्यराति प्रहरीद्वारा ४ टिपर र १ जेसीभी नियन्त्रण

शैलेन्द्र महतो
माघ २०, २०७६ सोमबार ३:१४,

खोलामा अवैध उत्खनन्को बिरोध गर्दा धनुषामा दिलीपकुमार महतोको हत्या भयो। जुन घटनाको देशव्यापारी रुपमा विरोध भयो।

तर, दिलीप हत्याको बिरोधको स्वर मत्थर हुँदै जाँदा धनुषाको चुरे क्षेत्रमा फेरि अवैद्य उत्खनन सुरु भएको छ। रातिको समयमा क्रसर तथा कन्ट्रक्सन संचालकले चुरे क्षेत्रमा अवैध उत्खनन्लाई तिब्र बनाएका छन्।

आइतबार राति धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैद्य उत्खनन गर्ने टिपर र जेसीभी समातिएपछि यो रहस्य सार्वजनिक भएको हो।

चुरे क्षेत्र कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला धनुषा प्रहरीले ४ वटा टिपर, १ जेसीभीसहित ४ जना चालकलाई नियन्त्रणमा लिएको छ।

बा ३ खा ७६००, बा १ ख २९३९, ना २ ख २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ का २९८७ नम्बरको एउटा जेसिभी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा तीनजना टिपरका चालक र एकजना जेसीभका चालक छन्। एउटा टिपरका चालक भने फरार भएका प्रहरीले जनाएको छ। चुरे क्षेत्रमा ढुंगा ग्राइभेल खनिरहेको छ भन्ने जानकारी हुनासाथ गएर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले नेपालखबरलाई जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिइएको टिपर र जेसीभी जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित उपेन्द्र साहले संचालन गरेको मिथिला कन्ट्रक्सनको रहेको  स्रोतले जनाएको छ।

साह जनकपुरधाम उपमहानगरपालिकामा गएको पुस २२ गते भएको पत्रकार कुटपीट प्रक्ररणमा समेत संलग्न व्यक्ति हुन्। उनीमाथि किटानी जाहेरी परेपछि हाल उनी फरार छन्।

गएको पुस २५ गते मिथिला नगरपालिका ५ स्थित औरही खोलामा अवैध उत्खनन रोक्न गएको बेला तस्करहरुले स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेका थिए।

त्यो घटनापछि धनुषामा अवैध उत्खनन पूर्ण रुपले बन्द भएको थियो। जिल्ला समन्वय समितिको बैठकले बिहान सूर्य उदाएदेखि सूर्य अस्ताएसम्म दिउँसो मात्र नदीजन्य वस्तु मापदण्ड अनुसार खन्न पाउने नियम लगाएको छ। तर अझै उत्तरी क्षेत्रका नदी खोला र चुरे क्षेत्रमा दोहन जारी नै रहेको छ।

दिलीपको हत्या पश्चात मुलुकभर यसको विरोध भएको थियो। पर्यावरण अभियन्ताहरुले अवैध नदीजन्य उत्खनन रोक्न माग गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .