आज (बिहीबार) काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज साँझ ७ बजेर ५२ मिनेट जाँदा उपत्यकाको तापक्रम १२ डिग्रीमा झरेको छ।
यसअघि दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री थियो।
‘राति तापक्रम अझ घट्ने सम्भावना छ’, मौसमविद् लामिछानेले नेपालखबरसँग भने, ‘हिजो राति १० डिग्रीसम्म झरेको थियो, आज अझै कम हुन्छ कि?’
यतिबेला काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको उनले बताए।
‘अहिले काठमाडौँ उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) २५ सय मिटर छ’, उनले भने, ‘यो भनेको हुस्सु लागिरहेकै अवस्था हो।’
327
Shares
प्रतिक्रिया