समाज


कक्षा ११ को रजिस्ट्रेसन आवेदन खुला

कक्षा ११ को रजिस्ट्रेसन आवेदन खुला

नेपालखबर
मंसिर २०, २०८० बुधबार ११:५२, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को लागि रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ।

बुधबार सूचना जारी गर्दै परीक्षा बोर्डले शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने जनाएको छ।

विलम्ब शुल्कसहित पुस मसान्तभित्र फारम भर्न पाइने सूचनामा उल्लेख छ। 

विद्यार्थीले पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ। पुस मसान्तभित्र बुझाउँदा भने दोब्बर शुल्क (८ सय रुपैयाँ) लाग्ने बोर्डले जनाएको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने छन्। त्यसैका आधारमा रजिस्ट्रेसन फारम भर्नुर्ने बोर्डले जनाएको छ। 

आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई कक्षा १० को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ।

परीक्षा बोर्डले जेठ महिनामा कक्षा ११ को परीक्षा सञ्चालन गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad